सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा हार्‍यो युनाइटेड

आइतबार, २१ वैशाख २०८२, २१ : ०२
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । सात गोलको थ्रिलरमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै ब्रेन्टफोर्डले युरोपियन प्रतियोगितामा छनोटको आशा कायम राखेको छ । आइतबार भएको खेलमा ब्रेन्टफोर्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडलाई ४–३ गोलले हराएको हो ।

खेलमा पाहुना टोलीका लागि मेसन माउन्टले १४ औँ मिनेटमा नै गोल गरेका थिए । तर, २७ औँ मिनेटमा लुक शले आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्ड खेलमा फर्कियो । छ मिनेटपछि केभिन स्काडले ब्रेन्टफोर्डलाई अग्रता दिलाए । 

दोस्रो हाफको ७० औँ मिनेटमा केभिनले अर्को गोल थप्दै टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन उनको यो ११ औँ गोल थियो । चार मिनेटपछि योन विसाले स्कोर ४–१ बनाए ।

त्यसपछि युनाइटेड खेलमा फर्किने प्रयास गर्‍यो । ८२ औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले गोल गरे भने इन्जुरी समयको ९५ औँ मिनेटमा अमाद डियालोले अर्को गोल थपे । तर, यतिबेलासम्म धेरै ढिला भइसकेको थियो ।

३५ खेलबाट युनाइटेड ३९ अङ्क बटुलेर १५ औँ स्थानमा सीमित छ । यो सिजन युनाइटेडको यो १६ औँ हार थियो । उता, ब्रेन्टफोर्ड भने समान खेलबाट ५२ अङ्क बटुल्दै नवौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप