सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
काठमाडौँ । सात गोलको थ्रिलरमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै ब्रेन्टफोर्डले युरोपियन प्रतियोगितामा छनोटको आशा कायम राखेको छ । आइतबार भएको खेलमा ब्रेन्टफोर्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडलाई ४–३ गोलले हराएको हो ।
खेलमा पाहुना टोलीका लागि मेसन माउन्टले १४ औँ मिनेटमा नै गोल गरेका थिए । तर, २७ औँ मिनेटमा लुक शले आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्ड खेलमा फर्कियो । छ मिनेटपछि केभिन स्काडले ब्रेन्टफोर्डलाई अग्रता दिलाए ।
दोस्रो हाफको ७० औँ मिनेटमा केभिनले अर्को गोल थप्दै टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन उनको यो ११ औँ गोल थियो । चार मिनेटपछि योन विसाले स्कोर ४–१ बनाए ।
त्यसपछि युनाइटेड खेलमा फर्किने प्रयास गर्यो । ८२ औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले गोल गरे भने इन्जुरी समयको ९५ औँ मिनेटमा अमाद डियालोले अर्को गोल थपे । तर, यतिबेलासम्म धेरै ढिला भइसकेको थियो ।
३५ खेलबाट युनाइटेड ३९ अङ्क बटुलेर १५ औँ स्थानमा सीमित छ । यो सिजन युनाइटेडको यो १६ औँ हार थियो । उता, ब्रेन्टफोर्ड भने समान खेलबाट ५२ अङ्क बटुल्दै नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण