भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
आइतबार, २१ वैशाख २०८२, २२ : ३७

नेपालगञ्ज । बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भे १ ज ६०६ नंको म्याजिक भ्यानले ठक्कर दिँदा जाजरकोट स्थायी घर भएका ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको हो ।
कोहलपुरको दशबिगाहा क्षेत्रबाट बजारतर्फ जाँदै गरेको सो भ्यानले दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाहीको मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष हादाल
-
हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
-
हेर्नुहाेस् राष्ट्र बैङ्कले आजकाे लागि जारी गरेकाे विदेशी मुद्राको विनिमय दर