सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको सहज सेवासँगै प्रत्याभूति हुनेगरी बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उनले नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत प्रभावकारी काम गर्नुपर्ने चुनौती रहेको बताए ।
सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले नागरिकको हित र भूगोल अनुकूल योजना निर्माण गरेर अघि बढ्नु पर्ने बताए । वन क्षेत्रका विविध विषयलाई उत्पादन र आयआर्जनमा जोडेर अघि बढाउनु पर्नेमा उनले जोड दिए ।
‘नागरिक लाभान्वित हुने र वन तथा वातावरण संरक्षण हुने गरी योजना निर्माण गरेर अघि बढ्नुपर्छ । वन क्षेत्रको संरक्षण र व्यवस्थापन सन्तुलन ढङ्गबाट अघि बढाउनुपर्छ,’ उनले भने, ‘वन जङ्गलको उचित व्यवस्थापन अहिलेको आवश्यकता हो । आयात निरुत्साहित गर्न दीगो वन व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्छ । उपयुक्त नीति कार्यक्रम ल्याएर पूजिगत खर्चलाई बढाउनुपर्छ । उत्पादन, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रसँग जोडेर वनका कार्यक्रमहरू अघि बढाउनुपर्छ ।’
उनका अनुसार स्वदेशी काठ प्रयोगलाई बढावा दिन नीतिगत सुधार गर्नुपर्छ । नेपालमा उत्पादन भएको काठको लागत मूल्य घटाएर सुलभ रूपमा नागरिकको पहुँचमा पुर्याउन जरुरी रहेको उनले बताए ।
प्रदेशको आय स्रोत वृद्धि गर्ने गरी कार्यक्रमहरू तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । सरकारको स्रोत कम भएकाले बजेट सिलिङ कम पठाएको भनेर आलोचना भइरहेको उनको भनाई छ । बजेट सिलिङमा व्यापक सुधार गर्ने गरी प्रदेश सरकारको स्रोत व्यवस्थापनमा मन्त्रालयहरू अग्रसर हुनुपर्ने उनको भनाई छ ।
उनले कार्यान्वयन युक्त प्रभावकारी योजना निर्माण गर्नुपर्ने बताए । प्रचारमुखी भन्दा पनि नागरिकको आयआर्जनमा जोड्ने गरी कार्यक्रमहरू तयारी बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ ।
निश्चित कार्यक्रम तयार गरेर समय अवधि भित्र सक्ने गरी कार्यक्रमहरू अघि बढाउन मन्त्रालयहरूलाई उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ बजेसम्म अनेरास्ववियुको निर्वाचनमा ९०५ मत खस्यो
-
अस्पतालको होस्टेलमा खसेको थियो विमान
-
कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ
-
सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, पूर्व गाउँपालिकाअध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर
-
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु
-
सर्यो प्रतिनिधिसभा बैठक