राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौँ । राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जनाएको हो ।
क्यानले २०७९ साल पुस ९ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना गरेको नेपाल टी–२० क्रिकेट लिगका क्रममा उनीमाथि स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । त्यसपछि उनीमाथि एन्टी करप्सन कोडअन्तर्गत कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।
‘क्यानको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी निजको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने गरी २०८२ साल वैशाख २१ गतेदेखि मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण