उदयपुरमा खोलाले बस बगायो, मानवीय क्षति भने भएन
मङ्गलबार, २३ वैशाख २०८२, १७ : २५

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिवाईस्थित त्रियुगा खोलामा रातको समयमा आएको भेलले यात्रुबाहक बस बगाएको छ। गएराति करिब ११ बजे सिवाईबाट बेल्टारतर्फ गइरहेको को १ ख ४७५३ नम्बरको बस अस्थायी होम पाइपबाट बनेको बाटोमा खोलाको भेलमा फसेको थियो।
रातको समयमा खोलाको बहाव तीव्र रहेकाले तत्काल बस निकाल्न नसकिने अवस्था भएपछि मंगलबार बिहान खोलाको थप भेलले पाइप समेत बगाउँदा बस खोलातिर झरेको प्रहरीको भनाइ छ ।
घटनामा मानवीय क्षति भने भएको छैन। बस चालक ३८ वर्षीय इश्वर खत्री सकुशल रहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ। प्रहरी टोली अहिले घटनास्थलमा खटिएको छ र क्रेनको सहायताले बस निकाल्ने प्रयास भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा