गाडी अझै भेटिएन
जमिन भासिएर गाडी बेपत्ता प्रकरण : प्रारम्भिक अध्ययन पश्चात् फर्कियो भूगर्भविद्को टोली
बुधबार, २४ वैशाख २०८२, १६ : ५२
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जिमन भासिएर बेपत्ता भएकाे गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौँ फर्किएको छ ।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले स्थलको माटो बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । टोलीले सङ्कलन गरिएका तथ्य र नमुनाको ल्याब परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ ।
उक्त घटनामा ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बलेरो गाडी डुबेको हो। पाँच दिन बितिसक्दा पनि गाडी फेला नपरेको अवस्थामा अनुसन्धान थप चासोको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण