मित्सुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका लागि करारमा आइफोन बनाइदिने ताइवानी कम्पनी फक्सकोनले जापानी अटो निर्माता कम्पनी मित्सुबिसीका लागि विद्युतीय सवारी साधन (ईभी) बनाइदिने योजना घोषणा गरेको छ ।
यो सम्झौता अन्तर्गत फक्सकोनको ज्वाइन्ट भेञ्चरले ताइवानमा कारको डिजाइन बनाएर मित्सुबिसीका लागि कार तयार पारिदिनेछ । नयाँ मोडलको कार आगामी वर्षको अन्त्यसम्ममा उपलब्ध हुने आशा गरिएको छ ।
पछिल्लो समय विश्वको ईभी बजार निकै फष्टाइरहेको छ । फक्सकोनले करारमा यसरी ईभी बनाउन थालेको यो पहिलो पटक हो । पछिल्लो समय मुख्य भूमि चीनका कार निर्माताहरूबाट दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका र यूरोपमा जापानी कार निर्माताहरूले चर्को प्रतिस्पर्धाको सामना गरिरहेका छन् । कार फक्सट्रोनले बनाउने बताइएको छ । फक्सट्रोन ताइवानी कार निर्माता कम्पनी यूलोन मोटर र फक्सकोनको जवाइन्ट भेञ्चर हो ।
कारका लागि फक्सट्रोनले डिजाइन दिनेछ । यसले कारको म्यानेजमेन्ट सेवाको उत्पादन पनि गर्नेछ । कार २०२६ को दोस्रो अर्धवार्षिक अवधिमा अष्ट्रेलिया र न्यूजिल्यान्डमा विक्रीका लागि उपलब्ध हुने आशा गरिएको एउटा विज्ञप्तिमा मित्सुबिसी र फक्सकोनले भनेका छन् । ठोस सम्झौताबारे छलफल अगाडि बढाइने बताइएको छ । फक्सकोन करारमा विद्युतीय उपकरण बनाइदिने विश्वको सबैभन्दा ठुलो कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण