शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा

बिहीबार, २५ वैशाख २०८२, १५ : ०८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा सम्पन्न निसर्ग हस्पिटल पाँचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ । 

लोहरपुर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक श्री जनहित क्लबको ‘बी’ टोलीलाई २–० गोलले हराउँदै गौरीगंगा च्याम्पियन बनेको हो । थारुहरुको पर्व भजहरको अवसरमा प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ । 

गौरीगंगाले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार पनि हात पार्यो । उपविजेता बनेको आयोजक श्री जनहित क्लबको ‘बी’ टोलीले ५० हजार रुपैयाँ पुरस्कार पायो । विजयी टोली र खेलाडीलाई एक समारोहबिच पुरस्कार वितरण गरियो । 

सुदूरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष डा.प्रदीप मिश्रलगायतले विजयी खेलाडीलाई पुरस्कार गरे । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको जानकारी आयोजक क्लबका अध्यक्ष मणिराम चौधरीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप