भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा सम्पन्न निसर्ग हस्पिटल पाँचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ ।
लोहरपुर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक श्री जनहित क्लबको ‘बी’ टोलीलाई २–० गोलले हराउँदै गौरीगंगा च्याम्पियन बनेको हो । थारुहरुको पर्व भजहरको अवसरमा प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ ।
गौरीगंगाले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार पनि हात पार्यो । उपविजेता बनेको आयोजक श्री जनहित क्लबको ‘बी’ टोलीले ५० हजार रुपैयाँ पुरस्कार पायो । विजयी टोली र खेलाडीलाई एक समारोहबिच पुरस्कार वितरण गरियो ।
सुदूरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष डा.प्रदीप मिश्रलगायतले विजयी खेलाडीलाई पुरस्कार गरे । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको जानकारी आयोजक क्लबका अध्यक्ष मणिराम चौधरीले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण