बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

आईपीएलको विषयमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै

शुक्रबार, २६ वैशाख २०८२, १० : २४
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पनि परेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि आईपीएलको खेलसमेत प्रभावित बनेको हो ।

आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भइरहेको छ भने खेलहरु पनि प्रभावित बनेका छन् । पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् ।

यस्तो अन्यौलपूर्ण स्थितिबिच आईपीएलको विषयलाई लिएर ठोस निर्णय लिन शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बैठक बस्ने भएको छ । बीसीसीआईको बैठकले आईपीएल स्थगित गर्ने वा खेललाई निरन्तरता दिने विषयमा निर्णय लिने बताइएको छ । 
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँगको कुराकानीमा बीसीसीआईका एक बरिष्ठ अधिकारीले पनि आईपीएलको विषयमा निर्णय लिन बैठक बस्ने तयारी भइरहेको बताइएका छन् । ‘बैठकले पछिल्लो घटनाक्रमको बारेमा विश्लेषण गर्दै एउटा ठोस निर्णय लिनेछ,’ ती अधिकारीले भनेका छन् ।

बीसीसीआईका उपाध्यक्ष राजिव शुल्लाले पनि आईपीएललाई रोक्ने वा नयाँ तालिका बनाएर निरन्तरता दिने भन्ने विषयमा छिट्टै निर्णय लिने बताएका छन् ।  ‘हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । यस विषयमा सरकारसँग पनि कुराकानी हुँदैछ । सम्भवतः शुक्रबार नै यस विषयमा निर्णय लिनेछौँ,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप