कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या

हेटौँडा । कुलेखानी तेस्रो जलविद्युत आयोजनाको एक युनिटमा समस्या भएको छ । तीन वटा उत्पादन केन्द्र रहेको कुलेखानीको तेस्रो प्लाण्टको एउटा युनिटमा समस्या देखिएको हो ।
भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आएपछि विद्युत उत्पादनमा समेत गिरावट आएको छ ।
एक साता अघिबाट उक्त युनिटमा समस्या देखिएपछि कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । विद्युत् अधिक माग बढी रहेका बखत कुलेखानीको युनिटमा समस्या हुँदा विद्युत आपूर्ति समेत अनियमित बनिरहेको हो ।
कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको २ वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए ।
समस्या देखिएको युनिटको गत मङ्गलवारदेखि मर्मत कार्य सुरु गरिएको उनले बताए । उनका अनुसार युनिटको आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम तथा टर्वाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम भइरहेको छ ।
‘कुलेखानी तेस्रोमा ७/७ मेगावाट क्षमताका २ वटा युनिट रहेको छ । विद्युत उत्पादन युनिटको २ मध्ये एउटा युनिटको जेनेरेटर प्लेटमा खराबी देखिएको हो । चिनियाँ प्राविधिकबाट समस्या हल गर्ने काम भइरहेको छ । युनिटको एलाइनमेन्ट नमिलाउँदा समस्या आउँछ । मर्मत गरेर सञ्चालनमा ल्याउन अझै केही दिन लाग्छ,’ उनले भने ।
कुलेखानीबाट विद्युत उत्पादन क्षमता प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट रहेको छ । हाल तेस्रो मर्मतका क्रममा रहेकाले पहिलो पूर्ण क्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएको कुलेखानी जलविद्युत आंशिक रूपमा मात्र सञ्चालनमा रहेको उनले बताए । कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ, दोस्रो पूर्ण क्षमतामा र तेस्रोको क्षमताको आधा मात्र उत्पादन भइरहेको उनको भनाई छ ।
कुलेखानी आयोजनाबाट मागका आधारमा र विद्युत् आपूर्तिलाई सन्तुलित विद्युत उत्पादन गर्ने गरिएको उनले बताए । कुलेखानी आयोजनाबाट विद्युत् अधिक माग भएको समयमा विद्युत् उत्पादन हुँदै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
जेन–जीको दृष्टिकोण र भूमिकाको सवाल
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै