बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
शुक्रबार, २६ वैशाख २०८२, २० : १२
सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडक खण्डमा आज साँझ यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस चालक दोलखा कालिञ्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण