ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुरु
आइतबार, २८ वैशाख २०८२, १० : १०

चितवन । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए ।
सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची