सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुरु

आइतबार, २८ वैशाख २०८२, १० : १०
आइतबार, २८ वैशाख २०८२

चितवन । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको  इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुरु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने  नभएको उनले  बताए ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप