मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै ‘पृथ्वीको भविष्य सुनिश्चित होस् मानव जातिको भविष्य सुनिश्चित होस् यसका निम्ति हामी यही मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दछौँ’, भनेका छन् ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा हाम्रो वरपरको वातावरण निरन्तर प्रदूषित भइरहेकामा चिन्ता व्यक्त गर्दै मुलुकको बिग्रँदो वातावरण थप बिग्रन नपाओस् तथा यसको संरक्षणमा सबै सचेत रहनुपर्ने सन्देश प्रवाह गर्न संवाद आयोजना हुन लागेको उल्लेख गरेका छन् ।
‘हाम्रा क्रियाकलापले पृथ्वीको वातावरण बिग्रन्न नपाओस् । अब हाम्रा क्रियाकलापबाट बिग्रिएको वातावरण सपार्न सकौँ । र भोलिका लागि हाम्रा भावी सन्ततिले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाउन्’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।
उनले सगरमाथा संवादले पहाड र समुद्रबिचको सम्बन्ध पहाडको वातावरणीय प्रश्नमा योगदान, नदीनाला बन्ने कुरादेखि लिएर कुलिङ सबै कुराका लागि धेरै महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसलाई अहिले उचित ढङ्गले बुझ्न नसक्ने र बुझेर पनि त्यसप्रति ध्यान नदिनु मानव जातिका लागि प्रतिकूल हुने बताएका छन् । वातावरण संरक्षण विश्वको साझा समस्या भएकाले यसको समाधान गर्न विश्ववासीको साझा प्रयास आवश्यक भएकामा उनको जोड छ ।
‘कार्बन इमिसनदेखि लिएर वातावरण बिगार्ने अन्य तत्त्वको नियन्त्रण र वातावरणलाई सपार्ने प्रयासहरू अगाडि बढाउने काम गर्न जरुरी छ । त्यसका निम्ति विश्वका मानिस एक ठाउँ बसेर छलफल गरौँ, एक ठाउँ बसेर समस्या पहिचान र एक ठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौँ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण