सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ बुद्ध जयन्ती तथा किरातहरूको महान् चाड उभौली, साकेलाको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना व्यक्त गर्दै खापुङले भनेका छन्, ‘वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवम् भक्ति भाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । त्यसैगरि वसन्त ऋतुको आगमनसँगै प्राकृतिक ऋतु चक्रसँग तादात्म्य कायम गरी मनाइने किरात चाड विशेष गरी राई, लिम्बु, याक्खा, सुनुवार जातिहरूले विभिन्न नामबाट मनाउने गर्दछन्। यस प्रकारको सांस्कृतिक पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण