जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एउटा नयाँ क्रान्तिको नेतृत्व गर्न चाहेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक छ । समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नुपर्ने छ ।’
माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको निर्वाचन प्रणाली लुटेरा भएको टिप्पणी प्रचण्डको छ । ‘यो लुटेरा प्रणाली भयो, एउटै उम्मेदवारले करोडौँ खर्च गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘यो परिवर्तन गर्नुपर्ने आवश्यक छ । हामी संविधान संशोधनको पक्षमा छौँ । राजनीतिक स्थायित्व र अर्थतन्त्र कायम गर्नका लागि आवश्यक छ ।’
साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सङ्घर्ष गर्नुपर्ने प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस-एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो सङ्कल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे ।
‘माओवादी पनि बिग्रेको हो की भन्ने जनताको मनमा लागेको होला, अझ घाइते, सहिदले सम्झने नै भए,’ उनले भने, ‘त्यसैले हामी पुनः जनतामा फर्कने प्रयास गरेका छौँ ।’
फरक प्रसङ्गमा बोल्दै उनले राजावादीहरू कायर भएको बताए । पछिल्लो समय राजावादीहरू सलबलाए उल्लेख गर्दै राजावादीको प्रतिवाद गर्न र उनीहरूको आन्दोलनलाई निस्तेज पार्न सम्पूर्णमा आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह