देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिलेर तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरूले केही पनि गर्न नसकेको बताए । उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्ने गरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताए । उनले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरू नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गरे ।
उनले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताए । उनले दलहरूले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । देश ठुलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनाताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौँ भन्ने हामीलाई लाग्या छ । कति समयसम्म यसरी हामी छलफल गर्छौँ, त्यो थाहा छैन । तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को चिज हुन्छ, यो सिद्धान्त हो । कसैले रोक्न सक्दैन । कसैले रोकेर रोकिएर भए पनि त्यस्तो अवस्था आयो भने त्यो दुर्घटनामा जान्छ र ज्यादै ठुलो नोक्सानी जनताले व्यहोर्नुपर्छ, राष्ट्रले व्यहोर्नुपर्छ ।’
गौतमले भने, ‘नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवाद उन्मुख राज्य निर्माण गर्ने भन्या छ, र त्यो समाजवाद उन्मुख सबै नेताहरूको मुख मुखमा झुन्डिएको छ तर समाजवाद बन्न सकेन । गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ भने इमानदारीका साथ भन्नुस् हाम्रो विरुद्ध चर्चा छ, यो व्यवस्थाको विरुद्ध चर्चा छ । त्यसले गति लिइरहेको छ । त्यो गति एक दिन विस्फोट हुन्छ हामी सबै समाप्त हुन्छौँ । त्यसो भएर मौका छ केही समय । यो व्यवस्था ल्याउने नेपाली कांग्रेस र कम्युनिस्ट नै हुन् एकताबद्ध भएर समाजवाद घोषणा गर जुन समाजवाद परिकल्पना गरिएको थियो संविधानमा उल्लेख गरिएको समाजवाद । ढिला नगरी हामीले त्यो काम सुरु गर्नुपर्छ ।’
राष्ट्रियसभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनै पनि नेताहरूले त्यसबारेमा अध्ययन नगरेको गुनासो गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण