सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला

मङ्गलबार, ३० वैशाख २०८२, १० : ११
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतासहित बार्षिक बजेटवारे कार्यशाला आयोजना गरेको छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार बिहानबाट जारी कार्यशालामा रास्वपाका प्राय सवै सांसदहरु सहभागी रहेको नेता मनिष झाले जानकारी दिएका छन् । 

सो पार्टीका सांसदहरुलाई लक्षित कार्यशालमा अर्थशास्त्री तथा नेपाल सरकारका पुर्वसचिव रामेश्वर खनाल र डा स्वर्णिम वाग्लेले विधेयकका सिद्धान्त र बजेटबारे प्रस्तुती दिइरहेका छन् । विधेयकका प्राथमिकता र सिद्दान्तबारे मंगलबारैबाट संघीय संसदमा छलफल हुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप