गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
गोरखा । पहिरोका कारण गोरखाका ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरु अवरुद्ध बनेका छन् । गोरखा–आरुघाट सडकको ढुङ्गागाडे खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको हो ।
ग्रामीण क्षेत्रतर्फ जाने मुख्य सडक पहिरोले क्षतिग्रस्त हुँदा उत्तरी गोरखा प्रवेश गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । सो सडक पहिरिएपछि सदरमुकामबाट सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे तथा चुमनुब्री गाउँपालिकातर्फ जाने सवारीसाधन चल्न नसकेका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
‘ढुङ्गाढेको खोल्सामा कल्भर्ट भासिएको छ’, उनले भने, ‘त्यहाँबाट सवारीसाधन चल्न सकेका छैनन् ।’ सडक क्षतिग्रस्त भएपछि पूर्वाधार विकास कार्यालयले साइनबोर्ड राखी अन्य वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ । साथै जिल्ला प्रशासन कार्यालयले सार्वजनि सूचना जारी गरी सो सडक मर्मत नहुञ्जेल वैकल्पिक मार्ग अपनाउन सूचित गरेको छ ।
सहायक जिल्ला प्रमुख अधिकारी एवं विपद् फोकल पर्सन चित्राङ्गत बरालले गोरखा–आरुघाट सडकमा चारपाङ्ग्रे सवारीसाधान आवतजावत हुन नसक्ने गरी क्षति पुगेको बताए । पूर्वाधार कार्यालयका प्रमुख गणेश सुवेदीले सो सडक यथाशीघ्र मर्मत गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण