आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिका लागि बेंगलुरुसँग भिड्ने
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्वालिफायर-२ मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो र फाइनलमा प्रवेश गर्यो।
- अहमदाबादमा भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा पूरा गर्यो। श्रेयस ऐयरले सर्वाधिक ८७ रन बनाए।
- अब पञ्जाबले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ, बेंगलुरुले पहिलो क्वालिफायर जितेको थियो।
काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्वालिफायर–२ मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब किङ्स फाइनल प्रवेश गरेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको पञ्जाबले मुम्बईविरुद्ध ५ विकेटको शानदार जित निकालेको हो।
मुम्बईले दिएको २ सय ४ रनको लक्ष्य १९ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै फाइनल प्रवेश गरेको हो । अब जुन ३ तारिखमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधीकालागि फाइनल खेल्नेछ ।
पञ्जाबले टस जित्दै मुम्बईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रन बनाउन सफल भएको थियो ।
मुम्बईका लागि तिलक बर्मा र सुर्यकुमार यादवले सर्वाधिक समान ४४ रन बनाएका थिए। त्यस्तै, रोहित शर्मा जोनी बेयरस्टोले २४ बलमा ३८ रन बनाए भने रोहित शर्मा चाँडै आउट भए उनले ७ बलमा आठ रन मात्र बनाउन सफल भए। कप्तान हार्दिक पाण्ड्याले १५ रनमा आउट भए भने, नमन धीर ३७ रनको योगदान दिए।
बलिङ तर्फ पञ्जाबका लागि अज्मतुल्लाह ओमारजाईले २ विकेट लिए भने, विजय कुमार, काइल जेमिसन, मार्कस स्टोइनिस र युजवेन्द्र चहलले समान १/१ विकेट लिए।
२ सय ४ रनको लक्ष्य लिएर मैदान उत्रिएको पञ्जाबका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ८७ रनको योगदान गरे । उनले ५ चौका र ८ छक्का प्रहार गरेका थिए। टिमका लागि नेहल वधेरा ४७, जोस इंग्लिस ३८ , प्रियांश आर्य २०, प्रभसिमरन सिंह ६ , शशांक सिंह २ र मार्कस स्टोइनिसले २ रनको योगदान गरे ।
वर्षा कारण खेल समयमै सुरु हुन नसकेको खेल केही ढिला गरी सुरु भएको थियो ढिलो सुरु भएता पनि ओभरहरूमा कुनै कटौती गरिएन।
बेंगलुरु भने पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै फाइनलमा पुगिसेकाे छ भने पहिलो क्वालिफायरमा बेंगलुरुसँग हारेपछि पञ्जाबले दोस्रो क्वालिफायर खेल्नु परेको हो । मुम्बई भने एलिमिनेटर भिडन्तमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।
मुम्बई र पञ्जाबले आईपीएलको इतिहासमा पहिलो पटक प्ले–अफ चरणमा आपसमा भिडन्त गरेका हुन्। यसअघि सन २०१४ फाइनलमा पुगेको पंजावले तीन पटकको उपविजेता बेंगलुरुसँग फाइनल खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026