विश्व दुग्ध दिवसको अवसरमा बालगृहलाई सहयोग
आइतबार, १८ जेठ २०८२, १९ : ००

काठमाडौं । विश्व दुग्ध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीको मातृ नेपाल बालगृहमा सहयोग गरेको छ ।
एक कार्यक्रमका बीच डेरीले तारकेश्वर नगरपालिका–३ मा सञ्चालनमा रहेको सो बालगृहमा रहेका करिब ५० जना बालबालिकालाई पोषणयुक्त दूध खुवाएको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष समेत रहेका सञ्चालक ध्रुव तिवारीले जानकारी दिए ।
तिवारीले बालगृहका बालबालिकासँग प्रत्यक्ष भेटघाट गरी केही सहयोग गर्न पाउनु सामाजिक जिम्मेवारीको एक महत्वपूर्ण अङ्ग भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग