बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै

मङ्गलबार, ३० वैशाख २०८२, १२ : २७
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपालले भरतसँग प्रतिस्पर्धा गर्दैछ । खेल अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

नेपाल र भारत समूह ‘बी’ बाट यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । त्यसैले मंगलबारको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।

नेपाल र भारत दुबै आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० गोलको फराकिलो अन्तरले हराएको थियो । भारतले पनि आफ्नो पहिलो खेलमा श्रीलंकालाई ८–० गोलको विशाल अन्तरले हराएको थियो ।

आफ्नो दुबै खेलमा पराजित भएको श्रीलंका उपाधि होडबाट बाहिरिइसकेको छ । प्रतियोगिताको सातौँ संस्करणमा ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा भने बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । 

उक्त समूहमा दुई खेलबाट चार अंक जोडेको बंगलादेश पहिलो स्थानमा आसिन छ । बंगलादेश सेमिफाइनलमा पुगिसकेको छ । बंगलादेशले माल्दिभ्ससँग २–२ गोलको बराबरी खेलेको थियो भने भुटानलाई ३–० गोलले हराएको थियो । 

माल्दिभ्स एक खेलबाट एक अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । समूह ‘ए’ को अन्तिम खेल मंगलबार नै भुटान र माल्दिभ्सबिच खेलिँदैछ । उक्त खेलमा विजयी हुने टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप