समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै
काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपालले भरतसँग प्रतिस्पर्धा गर्दैछ । खेल अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
नेपाल र भारत समूह ‘बी’ बाट यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । त्यसैले मंगलबारको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।
नेपाल र भारत दुबै आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० गोलको फराकिलो अन्तरले हराएको थियो । भारतले पनि आफ्नो पहिलो खेलमा श्रीलंकालाई ८–० गोलको विशाल अन्तरले हराएको थियो ।
आफ्नो दुबै खेलमा पराजित भएको श्रीलंका उपाधि होडबाट बाहिरिइसकेको छ । प्रतियोगिताको सातौँ संस्करणमा ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा भने बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् ।
उक्त समूहमा दुई खेलबाट चार अंक जोडेको बंगलादेश पहिलो स्थानमा आसिन छ । बंगलादेश सेमिफाइनलमा पुगिसकेको छ । बंगलादेशले माल्दिभ्ससँग २–२ गोलको बराबरी खेलेको थियो भने भुटानलाई ३–० गोलले हराएको थियो ।
माल्दिभ्स एक खेलबाट एक अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । समूह ‘ए’ को अन्तिम खेल मंगलबार नै भुटान र माल्दिभ्सबिच खेलिँदैछ । उक्त खेलमा विजयी हुने टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण