समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

धनुषाा । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनिता देवी मोची, दिना लामा, सीमा नेसा र महासचिवमा भगवती सुवेदी निर्वाचित भएका छन् । त्यस्तै समितिको उपमहासचिवमा सर्निता कुमारी यादव, सचिवमा सरस्वती जयसवाल, सवनम अन्सारी र कोषाध्यक्षमा प्रमिला गिरी निर्वाचित भएका छन् ।
समितिको केन्द्रीय सदस्यहरु अम्भु सिंह, रेणुका सिंह, उषा कुमारी, निर्मला देवी रमण, सावित्री पण्डित, सुधा दास, विनीता कुमारी सिंह, पावित्री साह, ललिता देवी साह, लालीमाया तामाङ, सिताकुमारी यादव, सुशीला घलान, ललिता यादव, बसन्ती देवी नुनीया, कुन्ता राई, सपना अधिकारी, शर्मिला राई, रीता खापुङ, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इश्रत खातुन, शान्ता तामाङ मोक्तान, फुलमाया नेम्बाङ, मनुमाया मोक्तान, अम्बिका कुमारी विश्वकर्मा, सुनिता देवी महरा, ज्योति खम्बु, रिपल राई, ओममाया आङदेम्बे, स्त्रीमाया तामाङ, गीता कार्की, सरस्वती पोखरेल, कोपिला कार्की, गायत्री यादव, लिला परियार र मधु सोनकर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर