सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

‘के घर के डेरा : घर नं २’ सेन्सर पास

मङ्गलबार, ३० वैशाख २०८२, १५ : ५१
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले फिल्म हेर्दै यो सर्टिफिकेट दिएको हो ।

यो सर्टिफिकेटसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । सेन्सर बोर्डमा चलचित्र प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो । चलचित्रका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव गरेको फिल्म युनिटले जनाएको छ । 

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रले घर र डेराको कथा भन्नेछ ।

खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

चलचित्रका कार्यकारी निर्माता युवराज कार्की र निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप