नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर ताइवो अवोनियी शल्यक्रियापछि कोमामा छन् । पेटको गम्भीर चोटपछि पहिलो चरणको शल्यक्रिया गराएका २७ वर्षीय स्ट्राइकर ताइयो कोमामा रहेको उनी आबद्ध क्लबले जनाइएको छ ।
प्रभावशाली खेलाडी ताइवो आइतबार लेस्टर सिटीविरुद्धको खेलका क्रममा गोल पोष्टमा ठोक्किएर गम्भीर घाइते भएका थिए । खेलको ८८औँ मिनेटमा घाइते भएका उनको पेटमा गम्भीर चोट लागेको थियो । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
उपचारका लागि तत्काल अस्पताल पुर्याइएको उनको सोमबार राति पेटको शल्यक्रिया गरिएको थियो । ‘पहिलो चरणको शल्यक्रियापछि अहिले उनी कोमामा छन् । आशा गरौँ, छिट्टै नै उनको स्वास्थ्यमा सुधार आउने छ,’ नटिङ्घम फरेष्टले भनेको छ ।
उनी सन् २०२२ को जुनमा युनियन बर्लिनबाट नटिङ्घम फरेष्टमा आबद्ध भएका थिए । जारी सिजनको प्रिमियर लिगमा नटिङ्घम फरेष्टले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
हालसम्म ३६ खेल खेलिसकेको नटिङ्घम फरेष्ट ६२ अंकसहित तालिकाको सातौँ स्थानमा छ । यो सिजन नटिङ्घम फरेष्ट सिधै च्याम्पियन्स लिगमा छनोट हुने अभियानमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण