शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग

बुधबार, ३१ वैशाख २०८२, १४ : २४
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । सांसद गङ्गाराम चौधरीले हुलाकी राजमार्गलाई अनिवार्य प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा भएको प्रि बजेट छलफलमा बोल्दै उनले राजमार्ग निर्माण समयमा सम्पन्न गर्न समन्वय नभएको समेत बताए । 

‘हुलाकी राजमार्ग उच्च कटानी गरी बनाएको हुनाले त्यस क्षेत्रमा पानीको निकास नहुँदा कृषिजन्य बाली र बस्ती डुबानमा परेको हुनाले यसलाई कृषि खेती जग्गाको लेबलमा निर्माण गर्ने गरी प्राथमिकतामा राख्न अनुरोध गरेका छन्,’ उनले भने । 

विकासमा समन्वय र सहकार्य हुने भनिए पनि विकास निर्माणका काममा सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय नभएको उनको भनाइ थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप