महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको गृह जिल्ला झापामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी भएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२ औँ प्रतिवेदन अनुसार ठेक्का सम्झौता अन्त्य गर्ने भनिएका सडकमा साढे ९ करोड रुपैयाँ भुक्तानी भएको पाइएको हो ।
तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत विभिन्न सडक डिभिजनले ३२ सडक योजना निर्माणका लागि ७३ करोड ८४ लाख २४ हजारको सम्झौता गरेको थियो ।
ती योजनामा चालु वर्षसम्म ४५ करोड ९१ लाख ९० हजार भुक्तानी गरेपश्चात् ती सडकहरू प्रदेश सरकार मातहत रहेको जनाई सरकारले २०८० असार १९ सुबिस्ताको आधारमा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको जनाएको छ ।
‘सडक डिभिजन झापाले २१ करोड ५८ लाख ३६ हजारका १२ खरिद सम्झौतामा यस वर्षसम्म ९ करोड ५९ लाख ८७ हजार भुक्तानी गरेकोमा सुबिस्ताको आधारमा सम्झौता अन्त्य गर्न निर्माण व्यवसायी सहमत नभएकोले ठेक्का फरफारक हुन सकेको छैन कार्यक्षेत्र स्पष्ट गरी राष्ट्रिय राजमार्गभन्दा बाहिरका योजना कार्यान्वयन गर्ने कार्यमा नियन्त्रण हुनु पर्छ,’ प्रतिवेदनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार