खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु
बुधबार, ३१ वैशाख २०८२, १८ : ३३
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।
बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए । मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भिरालो जमिनमा काम गर्दै गर्दा धेरै स्थानीयले ज्यान गुमाउने गरेको अप्रिय घटना सार्वजनिक हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण