वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
बिहीबार, ०१ जेठ २०८२, ०६ : १६

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका जिल्लामै कम बेरुजु भएको पालिकामा दर्ज भएको छ । महालेखा परीक्षकको नयाँ प्रतिवेदन अनुसार माछापुच्छ्रे गाउँपालिका सबै भन्दा कम बेरुजु हुने पालिका घोषित भएको हो ।
माछापुच्छ्रेमा यो वर्ष ३६ लाख ६२ हजार बेरुजु थपिएको छ । यो पूरा बजेटको ०.२४ प्रतिशत हो । माछापुच्छ्रेमा गत वर्षको जिम्मेवारी ८ करोड ९० लाख छ । यस्तै, वित्तीय जोखिम मूल्याङ्कनमा सबैभन्दा उत्कृष्ट पालिका भए पनि रुपा गाउँपालिका दोस्रो कम बेरुजु भएको पालिका हो ।
यहाँको बेरुजु ५० लाख ३५ हजार अर्थात् ०.६६ प्रतिशत बेरुजु देखिएको हो । कास्कीका ५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरको छ । मादीमा २ करोड ४१ लाख बेरुजु छ भने अन्नपूर्णमा २ करोड १८ लाख थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)