प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

समाचार सारांश
- अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो।
- अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान र विकासको लागि महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे।
- नेपाल विद्यार्थी सङ्घका डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनको नकारात्मक टिप्पणीको प्रतिवाद गर्नुपर्ने बताए।
कीर्तिपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन आज यहाँ प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन आगामी तीन दिनसम्म जारी रहनेछ ।
त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बताए ।
राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घ सङ्गठनले युवाका विषयमा एकजुट हुनुपर्नेमा जोड दिए । अनेरास्ववियुकी पूर्व अध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरूको सङ्गठनले प्रतिवाद गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार