शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना

बिहीबार, ०१ जेठ २०८२, ११ : ४३
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिले विद्यार्थी दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल कार्यक्रम आयोजना गर्‍यो।
  • कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन 'अनन्त' ले गरे।

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिले जेठ १ गते विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’ ले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहासचिव पुनले भने, ‘विद्यार्थी आन्दोलन इतिहासकै हरेक परिवर्तनको मुहान हो। अहिलेको पुस्ताले खेल, सङ्गठन र विचारलाई सँगाल्दै अघि बढ्नुपर्छ। यो प्रकारको कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, मित्रता र सङ्गठनप्रतिको जिम्मेवारी बढाउँछ।’

कार्यक्रममा सङ्गठनका पूर्व अध्यक्ष पदम जोशी र रञ्जित तामाङको विशेष उपस्थिति रहेको थियो। त्यस्तै अखिल (क्रान्तिकारी) का वर्तमान अध्यक्ष विजयप्रकाश सापकोटा, उपाध्यक्षहरू सन्दीप पुन, कृष्ण सुनार, मदन ढकाल, विराज थापा, महासचिव रोशन थापामगर, उपमहासचिव निर्मला गौतम, जटिल कार्की, निरोज श्रेष्ठ, सचिव वीरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, युन्छोहाङ माबो लिम्बू, प्रेम जैसी, तथा कोषाध्यक्ष फूलमाया रानामगरको उपस्थिति पनि रहेको थियो।

कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिका अध्यक्ष भरत महताराले भने, ‘विद्यार्थी दिवसको सन्देश केवल नारामा सीमित हुनु हुँदैन। हामीले विचार र कार्यको मेल गर्दै विद्यार्थीहरूको नेतृत्व क्षमताको विकासका लागि खेलकुद, बहस र सङ्गठनात्मक अभियानलाई सँगै अघि बढाउनेछौँ।’

कार्यक्रममा विभिन्न तहका विद्यार्थी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थी दिवसको सन्दर्भमा आयोजित यस मैत्रीपूर्ण खेलकुद कार्यक्रमले आपसी भाइचारा, समझदारी र सहकार्यको भावना अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप