शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
सहमति

रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति

शुक्रबार, ०२ जेठ २०८२, २० : ४५
शुक्रबार, ०२ जेठ २०८२

काठमाडाैँ ।  रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्नेबारे सहमति भएको छ । टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।

उनले भने, ‘हामीले युद्धविराम र बन्दीहरूको अदलाबदलीको मुद्दामा छलफल गर्‍यौँ । एक हजार बन्दीको रिहाइमा सहमति जुटेको छ ।’वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिस्कीले पनि कैदीको अदलाबदलीमा सहमति जुटेको पुष्टि गरे ।

उनले भने, ‘युक्रेनी पक्षले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच सोझै छलफल होस् भन्ने अनुरोध गरेको छ ।’ दुवै पक्षले युद्धबन्दी रिहा गर्ने मिति सुनिश्चित गरिसकेको तर त्यसलाई सार्वजनिक भने नगरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप