रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
काठमाडाैँ । रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्नेबारे सहमति भएको छ । टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।
उनले भने, ‘हामीले युद्धविराम र बन्दीहरूको अदलाबदलीको मुद्दामा छलफल गर्यौँ । एक हजार बन्दीको रिहाइमा सहमति जुटेको छ ।’वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिस्कीले पनि कैदीको अदलाबदलीमा सहमति जुटेको पुष्टि गरे ।
उनले भने, ‘युक्रेनी पक्षले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच सोझै छलफल होस् भन्ने अनुरोध गरेको छ ।’ दुवै पक्षले युद्धबन्दी रिहा गर्ने मिति सुनिश्चित गरिसकेको तर त्यसलाई सार्वजनिक भने नगरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण