‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
काठमाडौँ । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरुको प्रदर्शनी विद्यार्थीहरुले रुचिपूर्वक अवलोकन गरेका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ’बारपाक फोटो प्रदर्शनी’ अवलोकन गर्न एलआरई, जोन डेबी लगायत विभिन्न स्कुलका विद्यार्थीहरु पुगेका छन् ।
आज नै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रदर्शनी अवलोकन गरेका थिए । फोटो पत्रकार तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई तस्बिरमार्फत प्रदर्शनीमा राखेका छन् ।
२०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरु प्रदर्शनमा राखिएका छन् ।
प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरेका छन्। ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिनेछ ।
बिहीबार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रदर्शनी उद्घाटन गरेका थिए । प्रदर्शनी शनिबारसम्म चल्नेछ ।









तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण