राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्त हुने बताए ।
- उनले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने बताए ।
- ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन् । बिहीबार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका हुन् ।
उनले कम्पिटिटिभ र ननडिबेटेबल व्यक्ति आउनुपर्ने जिकिर गरे । योग्यताको आधारमा गभर्नर नियुक्ति हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘टीआरसीमा, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा मेरो आफ्नो उम्मेदवार होइन, छैन । तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन् । एउटासँग मेरो देखभेट पनि भएको छैन । नाम सुनेको थिएँ, बिर्सिएँ । एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ । का.मु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो । निमित्त हुँदा चिनेको, कामु मैले नै बनाएको हो । मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो । तर न मसँग नाता, सम्बन्ध, न केही न केही । न पोल्टिकल रिलेसन । न उहाँ पोल्टिकल मान्छे हो । हुन तः अब मान्छे पोल्टिकल प्राणी त हो नै । उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन । राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन । आफ्नो भन्ने केही पनि छैन ।’
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण