कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
सारांश
- मुख्यमन्त्री यामलाल कँडेलले बिमा कम्पनीहरू सहर केन्द्रित भएको बताए ।
- उनले बिमा क्षेत्रले जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए।
सुर्खेत । कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बिमा कम्पनीहरू सहर केन्द्रित बनेको बताएका छन् । गाउँमा अझै पनि बिमाको पहुँच विस्तार नभएको उनको भनाइ छ ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित नेपाल बिमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन कँडेलले भने– ‘बिमा विपद्को साथी हो । कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले बिमा कम्पनीहरूले जनताको विश्वास जितेर विपद्को समयमा साथीको भूमिका खेल्नुपर्छ ।’
त्यसका लागि सुगममा मात्रै नभई दुर्गम गाउँ बस्तीमा पनि पहुँच विस्तार गर्न उनले निर्देशन दिए । मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट र विपद्को जोखिममा रहेको क्षेत्रमा बिमा सेवाको पहुँच जीवन रक्षक साबित हुनसक्ने बताए ।
उनले थप भने– ‘यस क्षेत्रका जनताको जीवनस्तर उकास्न बिमा क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । हरेक पालिकामा बिमा सेवा पुर्याउने दिशामा प्राधिकरणले पहल गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण