सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो
शुक्रबार, ०२ जेठ २०८२, १० : ४२

समाचार सारांश
- शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको छ।
- छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ ।
- चाँदीको मूल्य पनि बढेर तोलामा १ हजार ९४५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।