खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिको आयोजनामा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ। क्षेत्रपाटी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।
प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो। काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सांसद श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजा भन्दै यसको संरक्षणका लागि आफू निरन्तर साथ रहने बताए। “यो बाजा अनुशासनमा बजाइने, नियममा आधारित, इतिहास बोकेको बाजा हो,” उनले भने, “म यसको संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध छु।”
अन्य अतिथिहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षण भन्दै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिका अध्यक्ष सुभाष शाहीले गरेका थिए। उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए।
कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरू वर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सुपारीको डीएनए परीक्षणमा सांसदहरूको जोड, विपक्षमा मन्त्री र कर्मचारी
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो