भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति जनाएका छन्।
अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण गरे ।
‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,’ उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भने ।
उनका अनुसार अहिले सरकारद्वारा संसदमा पुनः पेस गरिएको विधेयकमा समेत वन र भूमाफियाको स्वार्थ अनुरूपका प्रावधानहरू यथावत् राखिएको छ।
अध्यक्ष यादवले सो विधेयक पारित भएमा जसपा नेपाल सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोधमा उत्रने चेतावनी दिएका छन् । उनले सरकारलाई जनताको हित विपरीत कानुन ल्याउन नदिने दृढता समेत व्यक्त गरे । यसअघि ल्याइएको भूमिसम्बन्धी अध्यादेश यादवकै पार्टीले विरोध गर्दा सरकार फिर्ता लिन बाध्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण