भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति जनाएका छन्।
अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण गरे ।
‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,’ उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भने ।
उनका अनुसार अहिले सरकारद्वारा संसदमा पुनः पेस गरिएको विधेयकमा समेत वन र भूमाफियाको स्वार्थ अनुरूपका प्रावधानहरू यथावत् राखिएको छ।
अध्यक्ष यादवले सो विधेयक पारित भएमा जसपा नेपाल सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोधमा उत्रने चेतावनी दिएका छन् । उनले सरकारलाई जनताको हित विपरीत कानुन ल्याउन नदिने दृढता समेत व्यक्त गरे । यसअघि ल्याइएको भूमिसम्बन्धी अध्यादेश यादवकै पार्टीले विरोध गर्दा सरकार फिर्ता लिन बाध्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले नियुक्तिमाथि निर्णय सुनाउने भएपछि अख्तियारको सक्रियता, जेठमा सबैभन्दा बढी मुद्दा दर्ता
-
नेपाल र साउदीबिच सीपयुक्त श्रमिक लैजाने विषयमा सहमती
-
अनुशासनको ताकत
-
टिजरमा यस्तो देखियो ‘मोहर’
-
देवी खड्का, जसले पितृसत्तामाथि दावानल झोँसिदिइन्
-
निसर्ग अस्पतालमा ओठ र तालु फुटेका बालबालिकाको निःशुल्क उपचार