प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि पुन: सवारी चालक अनुमतिपत्र छपाइ सुरू

काठमाडौँ । यातायात व्यव्रस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि चालक अनुमतिपत्र छपाइ पुन: सुरू भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपश्चात् सवारी चालक अनुमतिपत्र कार्ड छपाइ कार्य पुन सुचारु भएको जानकारी गराएको हो ।
गत वैशाख २५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आई अत्यावश्यक सवारी चालक अनुमतिपत्र कार्ड छपाइ कार्य बन्द भएको थियो ।
विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुबाट हालसम्म प्राप्त स्वीकृत निवेदनहरुको छपाइ कार्य समेत सूचारु भएको छ ।
सवारी चालक अनुमतिपत्र छपाइ भएको यकिन भएमा शनिबारसमेत अत्यावश्यक सवारी चालक अनुमतिपत्र विभागबाट प्राप्त गर्न सकिने जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता