आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद

युवराज भन्छन्– २८ गते डिभोर्स हस्ताक्षर गरेँ
शुक्रबार, ०२ जेठ २०८२, २१ : ५९
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच सम्बन्ध विच्छेद भएको छ। वैशाखमा अमेरिकाबाट आएर लम्सालले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्।
  • विवाह गरेको ८ महिनामै उनीहरूको डिभोर्स भएको हो। युवराजले सामाजिक सञ्जालमार्फत वैशाख २८ गते डिभोर्सको पत्रमा हस्ताक्षर गरेको बताएका छन्।

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ। गत भदौमा बिहे गरेका उनीहरूको ८ महिनामै डिभोर्स भएको हो  ।

केही समय अगाडि अरुणिमाले सम्बन्ध विच्छेदको मुद्दा दायर भएको बताएकी थिइन् ।  गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको उनको भनाइ थियो । 

युवराजले भने सामाजिक सञ्जालमार्फत वैशाख २८ गते सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर बताएका छन् ।

उनले टिकटक मार्फत भनेका छन्, ‘मैले वैशाख २८ गते दिनको ४ : १० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो छुट्टियो, सक्कियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप