अनेमसंघको सातौँ महाधिवेशन शनिबारबाट, अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने संकेत
सारांश
- नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ।
- सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहने र यसको उद्घाटन माधवकुमार नेपालले गर्नेछन्।
- सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ, जसमा मनु सिग्देल, राजेन्द्रलक्ष्मी गैरे र उषा पोखरेल अध्यक्षका लागि आकांक्षी छन्।
काठमाडौँ । शनिबारबाट सुरु हुने नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी महिला संघले तयारी पुरा भएको जानकारी दिएको हो ।
‘समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने मुल नाराका साथ जेठ ३ र ४ गते हुने सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहने अध्यक्ष जयन्ती राईले जानकारी दिइन् । सम्मेलनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।
त्यस्तै सम्मेलनलाई पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेड राजेन्द्र पाण्डे, महासचिव कमरेड घनश्याम भुसाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने महिला संघले जनाएको छ । सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।
नयाँ नेतृत्व चयन गर्ने महिला संघमा उपाध्यक्षहरू मनु सिग्देल, राजेन्द्रलक्ष्मी गैरे र उषा पोखरेलले अध्यक्षमा आकाङ्क्षा राखेका छन् । हालका अध्यक्ष राई महिला संघको इन्चार्ज समेत भएकाले उनलाई विधानले दोहोरो जिम्मेवारी नदिने भएपछि अन्यलाई अध्यक्ष हुने बाटो खुलेको हो ।
नेतृत्व चयन सहमतिबाटै गर्ने नेतृत्वको चाहना भए पनि आकाङ्क्षीहरूले अडान नछाडे निर्वाचनमा प्रतिस्पर्धा हुने महिला नेतृहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण