कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्र, शेयर बजार तथा व्यापारमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ । साताको अन्त अर्थात बिहीबार मध्यान्हबाट काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको समय राम्रो रहेकोले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । व्यापार तथा उत्पादनमूलक उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सोमबारसम्मको समय मध्यम रहेकोले अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । मङ्गलवारबाट प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । मङ्गलवार र बुधबारको समय मध्यम रहेकोले समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । बिहीबार मध्यान्हबाट सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको समय राम्रो रहेकोले मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सोमबार सम्मको समय मध्यम रहेकोले कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । मङ्गलवारबाट उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन शेयर बजार वा व्यापारमा लगानी गरी मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । मङ्गलवार र बुधबारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस गाजर बढेर आउनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका बाटाहरू फराकिला हुनेछन् । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा समय व्यातित हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । बिहीबार मध्यान्हबाट घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको समय राम्रो रहेकोले छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । न्यायलयबाट हुने निर्णयहरू आफ्नै पक्षमा हुनेछन् । राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको काम गर्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सोमबारसम्मको समय मध्यम रहेकोले न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । मङ्गलवारबाट समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा शेयर बजारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गर्नेहरूले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ । बिद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ । प्राकृतिक स्रोत तथा पैतृक धनसम्पतीको प्रयोग गर्न पाइनेछ । मङ्गलवार र बुधबारको समय मध्यम रहेकोले नीति नियम मिच्नाले जरिवाना तिर्नुपर्ने हुनसक्छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखामा समस्या आउने वा नियमित औषधी सेवन गर्नेहरूले ख्याल गर्नुहोला ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह