तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका आईजीपी दीपक थापाले जेठ १५ गते पूर्वराजा समर्थकहरूले गर्न लागेको प्रदर्शनमा चैत १५ गते तीनकुनेमा भएको घटना नदोहोर्याउन निर्देशन दिएका छन् ।
आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा उपत्यकामा कार्यरत कार्यालय प्रमुख र युनिट इन्चार्जहरूलाई निर्देशन दिँदै आईजीपी थापाले चैत १५ मा राजावादीहरूले गरेको प्रदर्शनमा जस्तो कमजोरी नगर्न निर्देशन दिएका हुन् ।
जेठ १५ मा मुलुकले गणतन्त्र दिवस मनाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र पूर्वराजा समर्थकहरूले काठमाडौँमा प्रदर्शन गर्दैछन् । आईजीपी थापाले भने, ‘योजना बनाउँदा चुस्त बनाउनुहोला ।’ त्यस्तै, उपत्यकामा सादा पोसाकमा खटिने प्रहरीलाई सूचना प्रदर्शनकारीहरूको निगरानी गर्न उनले निर्देशन दिएका छन् ।
ब्रिफिङमा सहभागी एक जना अधिकृतले रातोपाटीसँग भने, ‘प्रदर्शनको दिन नजिकिएको भन्दै आईजीपी सा’पबाट हाई अलर्टमा रहन निर्देशन भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण