जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
आइतबार, ०४ जेठ २०८२, १८ : ३१
काठमाडौँ । एमआरपी नराखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ ४ को जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । आइतबार विभागको टोलीले कार तथा जीपमा एमआरपी उल्लेख नगरी बिक्री गरेको पाइएपछि उक्त जरिवाना तिराएको हो ।
खरिद बिलबिजक नराखेको पाइएपछि रबिभवनको गणपति ट्रेडिङ र सहयोग नगरेको भन्दै बुढानीलकण्ठको स्टार मार्वल एण्ड सेनेटरीलाई १०/१० हजार रुपैयाँ जरिवाना लगाएको छ ।
यस्तै मूल्य सूची नराखेको भेटिएपछि काठमाडौँ कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । एमआरपी नराख्ने अन्य दुई फर्मलाई विभागमा उपस्थित हुन र अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण