जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
आइतबार, ०४ जेठ २०८२, १८ : ३१

काठमाडौँ । एमआरपी नराखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ ४ को जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । आइतबार विभागको टोलीले कार तथा जीपमा एमआरपी उल्लेख नगरी बिक्री गरेको पाइएपछि उक्त जरिवाना तिराएको हो ।
खरिद बिलबिजक नराखेको पाइएपछि रबिभवनको गणपति ट्रेडिङ र सहयोग नगरेको भन्दै बुढानीलकण्ठको स्टार मार्वल एण्ड सेनेटरीलाई १०/१० हजार रुपैयाँ जरिवाना लगाएको छ ।
यस्तै मूल्य सूची नराखेको भेटिएपछि काठमाडौँ कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । एमआरपी नराख्ने अन्य दुई फर्मलाई विभागमा उपस्थित हुन र अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
१० बजे १० समाचार : उपसभामुख हटाउने विषय फेरि चर्चामा, सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ