मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
आइतबार, ०४ जेठ २०८२, १० : ४५

समाचार सारांश
- मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनाएकाे छ । जसमा पुरानो रेल परेड र सेवाको पहिलो दिनको पुनः अभिनय गरिएको थियो।
- मेट्रोको पहिलो लाइन सन् १९३५ मा खोलिएको थियो, सोकोलनिकीदेखि पार्क कल्चरीसम्म, जसले ११.२ किलोमिटर कभर गरेको थियो।
- यो मस्कोको यातायातको लोकप्रिय माध्यम मात्र नभई वास्तुकलाको भव्यताको प्रदर्शन पनि हो ।
मस्को । मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनाएको छ । जसमा पुरानो रेल परेड र सेवाको पहिलो दिनको पुनः अभिनय समावेश गरी उत्सवहरूको श्रृंखला शुरु गरिएको हो ।
मेट्रोको पहिलो लाइन मे १५, १९३५ मा खोलिएको थियो । सोकोलनिकीबाट पार्क कल्चरीसम्म चलेको थियो । जसको शाखा लाइन स्मोलेन्स्कायासम्म थियो । जसले ११।२ किलोमिटर कभर गरेको थियो ।
यो रूसी राजधानीमा यातायातको सबैभन्दा लोकप्रिय माध्यम मात्र होइन तर वास्तुकलाको भव्यताको प्रदर्शन पनि बनेको छ । यसका अठ्चालीस स्टेशनहरूलाई आधिकारिक रूपमा सांस्कृतिक सम्पदा स्थलहरूको रूपमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आर्थिक अपराध अनुसन्धान गर्न सीआईबीमा छुट्टै महाशाखा
-
सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा १५५ सम्मको छुट
-
लमजुङको गुरुङ बस्तीमा घाटु रौनक
-
एनपी साउद परराष्ट्र मन्त्रालय र सरकारप्रति किन असन्तुष्ट ?