अहिंसा महोत्सव आगामी भदौमा, प्रवेश निःशुल्क
काठमाडौँ । नेपाल शाकहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गते (अगस्ट २८-३०, २०२५) सम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘करुणाले जोड्दछ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ ।
अहिंसाका मूल्य र शाकहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको नेपाल शाकाहारी सङ्घका अध्यक्ष कृष्ण गुरुङले बताए ।
उनका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया; साङ्गीतिक प्रस्तुति; योग सत्र; देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान; शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन् ।
महोत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको भन्दै ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष गुरुङले उल्लेख गरे । उनका अनुसार महोत्सवमा शाकहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् ।
सङ्घले यसअघि २०७४ सालमा काठमाडौँमा ३५ भन्दा बढी अन्तरराष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरेको आठौँ एसिया-प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) को सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी