मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
काठमाडौँ । नेकपा एमालेका लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीले फेरि एक पटक आफूविरुद्ध लागेको आरोपबारे खण्डन गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा उनले २०७५ असार १० गतेदेखि गौतमबुद्ध हाइड्रोपावरको सञ्चालक नरहेको भन्दै कुनै पनि रूपमा सो कम्पनीमा सेयर सदस्य र सञ्चालक नभएको व्यक्तिलाई कसरी मुद्दा लाग्यो भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन् – अदालत समेतबाट कम्पनी रजिस्टारको कार्यालयबाट सोको लगत विवरण नलिएको कमजोरी देखियो । मेरो पद र पहिचानलाई हतियार बनाई गलत नियतसाथ मेरो नाम, ठेगाना, र उमेरसमेत नमिल्ने व्यक्तिको नाममा पक्राउ आदेश लिई, २०८२ वैशाख २८ गतेदेखि विभिन्न सार्वजनिक मिडियामार्फत ममाथि भ्रामक र बदनाम गर्ने सूचना प्रसारण गरिएको छ ।
यसले मेरो व्यक्तिगत प्रतिष्ठा, सार्वजनिक जीवन, र राजनीतिक मर्यादामा गम्भीर आघात पुर्याएको छ ।
विराटनगरका श्याम राठीले पल्लवी इलेक्ट्रा प्रालिको तर्फबाट २०७५ चैत्र ११ गते उक्त हाइड्रोपावर कम्पनीलाई प्रतिवादी बनाई १३ लाख ५४ हजार रुपैयाँ असुलीको मागसहित मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
र २०७७ साल मंसिर १३ गते अदालतबाट गौतमबुद्ध हाइड्रो पावरबाट असुल उपर गराउनू भनी भएको फैसलाको जानकारी आफूले २०८२ वैशाख २८ गते मात्र मिडियाहरूबाट थाहा पाएको उनले फेसबुकमा लेखेका छन् ।
उक्त मुद्दाको फिरादपत्रबारे आफूलाई कुनै जानकारी नदिई प्रतिउत्तर दिने अवसरसमेत नदिएको पनि उनले गुनासो गरेका छन् ।
२०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतले १३ लाख ५४ हजार रुपैयाँ र सोको कोर्ट फी प्रतिवादी गौतमबुद्ध हाइड्रोबाट वादीले भराई पाउने ठहर गर्नुलाई उनले एकतर्फी फैसला भएको पनि उल्लेख गरेका छन् ।
‘पद र पहिचानलाई हतियार बनाई, गलत नियतसाथ मेरो नाम, ठेगाना, र उमेरसमेत नमिल्ने व्यक्तिको नाममा पक्राउ आदेश लिई २०८२ वैशाख २८ गतेदेखि विभिन्न सार्वजनिक मिडियामार्फत ममाथि भ्रामक र बदनाम गर्ने सूचना प्रसारण गरिएको छ,’ उनले लेखेका छन् ।
पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि नै पक्राउ पुर्जी जारी गरे पनि पक्राउ नपरेको समाचारहरू आएका थिए । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको थियो ।
जिल्ला अदालत मोरङका तहसिलदाररशाखा अधिकृत हरिप्रसाद गुरागाईंले पठाएको पत्रमा काठमाडौँ २९ अनामनगर सिंहदरबार पूर्वगेटदेखि पूर्व गौतमबुद्ध हाइड्रो पावर प्रालि काठमाडौंका सञ्चालक रहेका अन्दाजी ५० वर्षका देवराज खनाल र सोही हाइड्रो पावरका सञ्चालकसमेत रहेका व्यवसायी तथा सांसद विष्णु पन्थीको नाम उल्लेख थियो ।
पन्थी र गौतमबुद्ध हाइड्रोपावर प्रालि काठमाडौँका सञ्चालक हुन् । यसअघि पनि उनले आफू हुँदै नभएको र कुनै रूपमा कतै संलग्न नभएको मान्छे स्पष्टीकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण