मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ । मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुृपर्ने भन्दै सर्वोच्च अदालतमा दायर रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरिएको छ ।
अधिवक्ता विपना शर्माले दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो । अहिले दिइरहेको भत्ता पुनरवलोकन नगरिए नेपालको अर्थतन्त्रमा भार थपिँदै जाने दाबी सहित शर्माले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
न्यायाधीश सुवेदीको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिएन । यद्यपि अग्राधिकार दिएर विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
अबको १० वर्षसम्म वृद्ध भत्ताको उमेर ७० कायम राख्न समेत माग उनले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । भत्ताको दुरुपयोग गर्न सोझै लाभग्राहीले मात्रै रकम पाउनुपर्ने अनि उनका नाममा सन्तान र अरु व्यक्तिले पाउने व्यवस्था हटाउनुपर्ने निवेदककाे माग छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण