मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ । मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुृपर्ने भन्दै सर्वोच्च अदालतमा दायर रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरिएको छ ।
अधिवक्ता विपना शर्माले दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो । अहिले दिइरहेको भत्ता पुनरवलोकन नगरिए नेपालको अर्थतन्त्रमा भार थपिँदै जाने दाबी सहित शर्माले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
न्यायाधीश सुवेदीको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिएन । यद्यपि अग्राधिकार दिएर विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
अबको १० वर्षसम्म वृद्ध भत्ताको उमेर ७० कायम राख्न समेत माग उनले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । भत्ताको दुरुपयोग गर्न सोझै लाभग्राहीले मात्रै रकम पाउनुपर्ने अनि उनका नाममा सन्तान र अरु व्यक्तिले पाउने व्यवस्था हटाउनुपर्ने निवेदककाे माग छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता