सातौँ दिनमा बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार

समाचार सारांश
- सोमबार सेयर बजार २२.९९ अंकले बढेर २६३२.०९ अंकमा पुग्यो।
- होटल तथा टुरिजम समूह बाहेक अन्य सबै सूचक बढेका छन्, जसमा विकास बैंक समूहको वृद्धि उल्लेखनीय रहेकाे छ ।
काठमाडौँ । सेयर बजार आज बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ ।
आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको छ । ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज समग्र बजार भन्दा ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १.०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेका छन् । आव विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढेको छ भने बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज बजारमा पाँचवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज राधी जलविद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । कारोबार संख्याको आधारमा क्रेष्ट माइक्रो इन्स्योरन्स रहेको छ । हिमालयन ८०–२० म्युचुअल फण्ड सर्वाधिक धेरै कारोबार संख्या रहेको स्क्रिप रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली
-
सरकारको १११ बुँदे नीति तथा कार्यक्रमको प्राथमिकता के हो ?
-
बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ
-
महिलाहरू घरभित्रै असुरक्षित
-
गोकर्णेश्वर हत्या प्रकरण : ५ जना अभियुक्त पक्राउ